मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ चैत ८ शनिबार १४:३८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

पशुपतिनाथ मन्दिरमा विशेष पूजा स्थगित

Read Time : < 1 मिनेट
२०७६ चैत ८ शनिबार १४:३८:००

पशुपतिनाथ मन्दिरमा विशेष पूजा स्थगित गरिएको छ । 

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमका कारण पशुपतिनाथ क्षेत्र विकास कोषले शुल्क लिएर गर्दै आएको विशेष पूजा स्थागित गरेको छ । 

नियमित पूजा भने यथावत छ । सरकारले २५ जना भन्दा बढी जम्मा नहुन गरेको आग्रहपछि विशेष पूजा स्थागित भएको हो । कोरोना जोखिमको कारण नियमित पूजाका लागि जाने भक्तालुहरुको संख्या पनि कम हुदै गएको छ । नियमित पूजाका लागि २५ जना भन्दा बढी नपठाउने र निश्चित दुरीको फरकमा पूजामा जाने व्यवस्था पशुपतिनाथ क्षेत्र विकास कोषले गरेको छ । मन्दिर परिसरमा ठाँउठाँउमा स्यानिटाइजर राखिएको छ भने हात धुने व्यवस्था पनि मिलाइएको छ । 

पशुपतिनाथ मन्दिरमा १ हजार १ सय रुपैयाँ देखि २५ लाख रुपैयाँसम्मको विशेष पूजा हुने गरेको छ । मन्दिर वरीपरी सामान्य अवस्थामा निकै भिडभाड हुने गरेकोमा अहिले सुनसान जस्तै देखिन्छ ।

पशुपतिनाथ क्षेत्र विकास कोषले नियमित रुपमा गर्दै आएको आरती पूजालाई समेत स्थागित गरेको छ ।