१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७६ चैत ७ शुक्रबार १७:१८:००
Read Time : < 1 मिनेट
विश्व

भारतीय गायिका कनिका कपूरलाई कोरोना संक्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ चैत ७ शुक्रबार १७:१८:००

भारतीय गायिका कनिका कपूर कोरोना भाइरसबाट संक्रमित भएकी छिन् । उनले इन्स्टाग्राममा पोस्ट गर्दै आफूलाई भाइरसको संक्रमण भएको बताएकी छन् । 

आफूलाई पछिल्लो चार दिनमा फ्लुको लक्षण देखिएको र परीक्षण गराउँदा भाइरसको संक्रमण भएको कनिकाले उल्लेख गरेकी छन्  । कनिका १० दिनअघि लन्डनबाट भारतस्थित आफ्नो घर आएकी थिइन् । 

भारतमा कोरोना भाइरसको संक्रमणबाट शुक्रबार पनि एक व्यक्तिको मृत्यु भएको छ । योसँगै भारतमा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । 

जयपुरमा इटालीका एक नागरिकको मृत्यु भएको भारतीय स्वास्थ्य अधिकारीले जनाएका छन् । साथै संक्रमितको संख्या लगातार बढिरहेको छ ।

भारतमा दुई सय ६ जनामा संक्रमण देखिएको छ, त्यसमध्ये ३२ जना विदेशी नागरिक हुन् । 

एजेन्सी