१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
एजेन्सी
२०७६ चैत ७ शुक्रबार १०:१८:००
Read Time : < 1 मिनेट
विश्व

निर्भया बलात्कार काण्ड : चारजनालाई फाँसी दिइयो 

Read Time : < 1 मिनेट
एजेन्सी
२०७६ चैत ७ शुक्रबार १०:१८:००

भारतको दिल्लीमा सामूहिक बलात्कार तथा हत्या मुद्दामा दोषी ठहर गरिएका चारजनालाई मृत्युदण्ड दिइएको छ । दिल्लीस्थित तिहाड जेलमा उनीहरूलाई शुक्रबार बिहान ५:३० मा झुन्ड्याएर मृत्यु दण्ड दिइएको हो । 

निर्भया बलात्कार घटनाका दोषीहरू विनय शर्मा, अक्षयकुमार सिंह, मुकेश सिंह र पवन गुप्ता रहेका छन् । 

सन् २०१२ मा २३ वर्षीया मेडिकल विद्यार्थी निर्भयाको बसभित्रै सामूहिक बलात्कारपछि हत्या भएको थियो । घटनामा ६ जनालाई अदालतले दोषी ठहर गरेको थियो । तीमध्ये एकजनाले तिहाड जेलमै आत्महत्या गरेका थिए भने अर्का एकलाई बालिग नभएको भन्दै सुधारगृहमा पठाइएको थियो । 

घटनापछि भारतभर प्रदर्शन भएका थिए । उनीहरूलाई फाँसी दिएपछि आफूहरूले न्याय पाएको निर्भयाका बाबुआमाले बताएका छन् ।