मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७६ चैत ७ शुक्रबार ०८:५१:००
Read Time : < 1 मिनेट
समाचार

तरुण दल बझाङका अध्यक्षले चलाएकाे मोटरसाइकल दुर्घटना हुँदा श्रीमतीको मृत्यु, छोरा घाइते 

Read Time : < 1 मिनेट
२०७६ चैत ७ शुक्रबार ०८:५१:००

तरुण दल बझाङका अध्यक्ष विष्णु ऐडी सवार मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ । बिहीबार छविस पाथिभेरा गाउँपालिकाको भाँडे बजारबाट श्रीमती र तीन वर्षका छोरासँगै घर जाने क्रममा खोलागाडा भन्ने ठाउँमा मोटरसाइकल दुर्घटना हुँदा उनकी श्रीमती उजला ऐडीको मृत्यु भएको छ ।

छविसपाथिभेरा गाउँपालिकामा पर्ने भाँडेबजारबाट भे.न ६७८१ प नम्बरको मोटरसाइकलमा परिवारसहित घरतर्फ जाने क्रममा खोलागाडा भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल दुर्घटनाबाट उजला ऐडीको मृत्यृ भएको र घाइते अध्यक्ष ऐडी र उनका छोराको अवस्था भने सामान्य रहेको जिल्ला अस्पतालका डाक्टर सन्दीप ओखेडाले बताए ।  घाइते दुवैको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ ।