१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत ६ बिहीबार १९:४९:००
Read Time : < 1 मिनेट
समाचार

काठमाडौं महानगरपालिकाद्वारा कोरोना रोकथाम गर्न कोष स्थापना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत ६ बिहीबार १९:४९:००

काठमाडौं महानगरपालिकाले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि १० करोड रुपैयाँको कोष स्थापना गरेको छ ।

महानगरपालिकाले बिहीबार पत्रकार सम्मेलन गरी कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि उक्त कोषको स्थापना गरेको जानकारी दिएको हो । 

महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उक्त कोषबाट महानगरपालिकाका साना मझौला र ठूला वडाहरुलाई २ लाख ३ लाख र ४ लाख रुपैयाँका दरले बजेट निकसा गर्ने बताए ।

महानगरपालिकाका विभिन्न स्थानमा स्वास्थ्य जनशक्ति, स्वास्थ्य सामग्री, प्रचार सामग्रीसहितको हेल्प डेस्क स्थापना गर्ने र निशुल्क मास्क तथा सेनिटाइजर वितरण गरिने उनले बताए । 

महानगरपालिका भित्र रहेका मठ, मन्दिर, गुम्बा, मस्जिद जस्ता धार्मिक, सामाजिक सम्पदा क्षेत्रमा भिडभाड नगर्न उनले आग्रह गरे । त्यस्तै महानगरपालिका भित्र मनाइने जात्रा, पर्वहरुमा परम्परागत पूजा बाहेक अन्य कुनै भिडभाड नगर्नसमेत उनले अनुरोध गरे ।