मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत ६ बिहीबार १८:३४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

कोरोनाको संक्रमितकाे उपचारकाे जिम्मा सरकारले लिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत ६ बिहीबार १८:३४:००

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोनाको संक्रमण भएका सम्पूर्ण बिरामीको उपचारको जिम्मा सरकारले लिने बताएका छन् । 

नेपाल प्रेस काउन्सिल र स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसका विषयमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री ढकालले कोरोना लागेका सबैको उपचारको जिम्मा सरकारले लिने बताएका हुन् । उनले सबै प्रदेशमा भाइरस परीक्षणको व्यवस्था गर्ने र कोरोना संक्रमण भएको पाइएमा बिरामीको जिम्मा सरकारले लिने स्पस्ट पारे ।

मन्त्री ढकालले निजी क्षेत्रका अस्पतालमा उपचारको व्यवस्था भएपनि पहिलो प्राथमिकता सरकारी अस्पताल नै रहेको बताए । उनले निजी अस्पतालहरुको प्रयोग विदेशी नागरिक तथा कुटनीतिक नियोग र अन्य व्यक्तिहरुको लागि गर्ने बताए । 

प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठले सहि सूचना प्रवाह गर्न सञ्चारमाध्यमलाई आग्रह गरेका छन् । आचारसंहिता उल्लंघन नगर्न आग्रह गर्दै अध्यक्ष श्रेष्ठले कोरोना विरुद्धको लडाई आफ्नो जीवनसँग पनि जोडिएकाले गलत प्रचार नगर्न आग्रह गरे । ‘कोरोना विरुद्धको युद्ध आफ्नै जीवनसँग जोडिएको युद्ध हो,’ उनले भने, ‘त्यसैले गलत प्रचार गर्दा त्यो लगत हतियारको निसाना सोझिएर आफुतिर पनि आउन सक्छ ।’
 
विश्वव्यापि कोरोनाको सन्त्रास बढिरहेको सन्दर्भमा स्वास्थ्य मन्त्रालय र प्रेस काउन्सिल नेपालले कोरोना भाइरस संक्रमण र मिडियाको भूमिका विषयमा सचेतामूलक कार्यक्रमको आयोजना गरेका हुन् ।