मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत ६ बिहीबार १८:३२:००
Read Time : < 1 मिनेट
समाचार

प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत ६ बिहीबार १८:३२:००

प्रतिनिधिसभाको बैठक चैत १३ गतेसम्मका लागि स्थगित भएको छ । 

प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिले चैत १३ गतेसम्मका लागि बैठक स्थगित गर्ने निर्णय गरेको हो । संघीय संसद्का प्रवक्ता रोजनाथ पाण्डेले भोलिका लागि बोलाइएको बैठक १३ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिए । 

प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित भए पनि राष्ट्रिय सभाको बैठक भने शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ । 

यसअघि बुधबार सरकारले २५ जनाभन्दा बढी भेला हुने कार्यक्रम नगर्न निर्देशन दिए पनि राष्ट्रिय सभा बैठक भने बिहीबार पनि १ घन्टाभन्दा बढी समय बसेको थियो ।