मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका लन्डन
२०७६ चैत ६ बिहीबार १५:५१:००
Read Time : < 1 मिनेट
प्रवास

नेपालमा कोरोनाकाे सम्भावित संक्रमण रोक्न एनआरएनए सक्रिय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका लन्डन
२०७६ चैत ६ बिहीबार १५:५१:००

विश्वव्यापी प्रकोप बनेको नोवेल कोरोना भइरसको नेपालमा सम्भावित संक्रमण र विस्तार रोक्न गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आगामी शनिबार आकस्मिक बैठक डाकेको छ ।

राष्ट्रिय समिति, आइसिसी र स्वास्थ्य विज्ञहरूको संयुक्त बैठक हुन लागेको संघका महासचिव डा. हेमराज शर्माले जानकारी दिए ।  संघको विश्वभर ८१ देशमा राष्ट्रिय समिति रहेका छन् । बैठक भिडियो कन्फरेन्समार्फत हुँदै छ ।

देशमा आइपर्ने विपत्तिबारे दीर्घकालीन गुरुयोजना तयार गर्ने, सचेतनामूलक सामग्री तयार गर्ने, वैदेशिक रोजगारमा गएका नेपालीको सहयोगका लागि नेपाली भाषामा प्रचार सामग्री तयार गर्ने, महामारीको अवस्थामा नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय सञ्जाल निर्माण गर्ने, तत्कालका लागि कोरानो संक्रमणविरुद्ध लड्न आवश्यक सामग्री उपलब्ध गराउने, नीतिगत तहमा विदेशमा सिकेको ज्ञान र सीपलाई नेपाल सरकारसम्म पुर्‍याउनेलगायत विषयमा बैठक केन्द्रित हुने शर्माले बताए ।

यसैबीच संघले एनआरएनए अध्यक्ष कुमार पन्तको संयोजकत्वमा गठन गरेको उच्चस्तरीय अनुगमन समितिको बैठक आज बस्दै छ । समितिको सल्लाहकारमा कांग्रेस नेता एवं पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापा र पूर्वशिक्षामन्त्री डा. गंगालाल तुलाधार छन् ।

चीनमा महामारीको रूपमा फैलिएको नोवल कोरोना भाइरस विश्वका धेरै देशमा फैलिएपछि विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल घोषणा गरेसँगै मातृभूमिलाई सहयोग गर्न एनआरएनएले सक्रियता देखाएको शर्माले बताए ।