१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत ६ बिहीबार १०:२९:००
Read Time : < 1 मिनेट
समाचार

बाबुरामको स्वास्थ्य सामान्य, आजै डिस्चार्ज गरिने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत ६ बिहीबार १०:२९:००

स्वास्थ्यमा समस्या भएपछि समाजवादी दलका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् ।

एक्कासि ढाड दुखेपछि बुधबार राति करिब ८ बजे उनलाई बाँसबारीस्थित सहिद गंगालाल हृदय रोग केन्द्रमा भर्ना गरिएको डा.भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिएका छन् । 

सल्लाहकार पाण्डेका अनुसार रक्त सञ्चालनमा अवरोध पुगेको आशंकामा सबै परीक्षण गरिएको हो । तर, सबै सामान्य देखिएको छ । डा. भट्टराईलाई आजै डिस्चार्ज गरिने पाण्डेले जानकारी दिए ।