मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मनिष खड्का
२०७५ मङ्सिर २७ बिहीबार ०७:४०:००
Read Time : < 1 मिनेट
प्रदेश

भैलो खेलेको रकमबाट विद्यालयका लागि ६ कोठे पक्कि भवन निर्माण

Read Time : < 1 मिनेट
मनिष खड्का
२०७५ मङ्सिर २७ बिहीबार ०७:४०:००

पूर्वी रुकुमको सिस्ने गाउँपालिका ६ रुकुमकोटमा रहेको रुक्मिणि माध्यामिक विद्यालयले भैलो खेलेर संकलन गरेको रकमबाट ६ कोठे पक्कि विद्यालय भवन निर्माण गरेको छ ।

विद्यालयले २०७२ सालदेखि भैलो खेलेर संकलन गरेको ७ लाख र विद्यालयको आन्तरिक स्रोतबाट ३४ लाख गरी कूल ४१ लाखको भवन निर्माण गरेको हो । विद्यालयले प्रत्येक वर्षको तिहारमा देउसी भैलो खेल्ने गरेको छ ।

भैलोबाट संकलन भएको रकम जथाभावि खर्च नगरी विद्यालयको भौतिक संरचना सुधारमा प्रयोग गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवचन्द समालले जानकारी दिए । भवन निर्माणमा भैलोबाट संकलन भएकोसहित बिद्यालयले संचालन गरेको धार्मिक महोत्सवबाट संकलन भएको रकम पनि खर्च भएको अध्यक्ष समालले बताए । विद्यालयले २०७३ सालमा विद्यालयको समग्र विकासका लागि भन्दै धार्मिक महोत्सव संचालन गरेको थियो ।

उक्त ६ कोठे भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अबको एक महिना भित्रमै भवन निर्माणको सम्पुर्ण काम सकिने अध्यक्ष समालले जानकारी दिए ।

कक्षा कोठाको अभाव हट्ने
विद्यालयमा अब कक्षा कोठाको अभाव हट्ने भएको प्रधानाध्यापक कृष्ण गौतमले जानकारी दिए ।

उक्त भवनमा आधारभुत तह १–५ को पठन पाठन गर्ने विद्यालयको तयारी रहेको गौतमले बताए । विद्यालयमा हाल ९ सय ३६ विद्यार्थी अध्यनरत छन् ।

विद्यालयमा सिटीईभिटीबाट सम्बन्धन प्राप्त १८ महिने कृषि जेटिय र कक्षा ९–१२ मा शिक्षा मन्त्रालयबाट सम्बन्धन प्राप्त प्राविधिक धार तर्फको बालि विज्ञानको पनि पठन पाठन भैरहेको छ ।