मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
एजेन्सी
२०७६ चैत ५ बुधबार १४:५४:००
Read Time : < 1 मिनेट
सप्तरंग

अमिताभ बच्चन ‘सेल्फ क्वारेन्टाइनमा’

Read Time : < 1 मिनेट
एजेन्सी
२०७६ चैत ५ बुधबार १४:५४:००

अमिताभ बच्चनले हातमा स्ट्याम्प हानेर घरमै क्वारेन्टाइनमा बसेको फोटो ट्विटरमा सार्वजनिक गरेका छन् ।

मंगलबार उनले ट्विटरमा सेयर गरेको फोटोमा ‘टी–३४७३ ले मुम्बईमा स्ट्याम्पिङ सुरु गरेको जनाउँदै सुरक्षित रहनुहोस्, सावधान रहनुहोस् र यदि भेटिएमा अलग्गै रहनुहोस्’ भनेर लेखेका छन् ।

अमिताभ बच्चनले सामाजिक सञ्जालमा कोरोना भाइरसबारे लेख्दै आएका छन् । उनले केही दिनअघि कोरोना भाइरसबारे  जानकारी दिँदै एउटा कविता र भिडियो पनि पोष्ट गरेका थिए । 

त्यस्तै अर्का वलिउड स्टार ९७ वर्षीय दिलीप कुमारले पनि आफू क्वारेन्टाइनमा  बसेको ट्विटमार्फत जानकारी दिएका छन् ।