मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत ५ बुधबार ०६:०२:००
Read Time : < 1 मिनेट
अर्थ

पोखरामा साओमीको आधिकारिक सर्भिस सेन्टर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत ५ बुधबार ०६:०२:००

साओमी ग्लोबल टेक्नोलोजी लिडरले पोखरामा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । कम्पनीले नेपालको पाँचौँ आधिकारिक सर्भिस सेन्टर र गण्डकी प्रदेशको पहिलो सर्भिस सेन्टरका रूपमा महेन्द्रपुलमा सेन्टर सञ्चालन गरेको हो । 

कम्पनीले आठ महिनाभित्र पाँचवटा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ । यसअघि काठमाडौं, नारायणघाट, नेपालगन्ज र इटहरीमा सर्भिस सेन्टर सञ्चालन गरिसकेको कम्पनीको भनाइ छ । ब्रान्डका रूपमा साओमीले गुणस्तर र प्रक्रियामा उच्च बेन्चमार्क निर्माण र कायम गर्न लगनशील प्रयास गरिरहेको जनाएको छ । 

नेपालमा आफ्टर सेल्स् सर्भिस नेटर्वक विस्तार गरेर यसतर्फ महत्वपूर्ण कदम चालेको कम्पनीको दाबी छ । प्रत्येक सर्भिस सेन्टर ४ सय वर्ग फिटमा फैलिएको र टेक्निसियन तथा प्रोफेसनलको समर्पित टोलीले प्रयोगकर्तालाई छिटो समस्या समाधान गर्न सहयोग पुर्‍याउने जनाइएको छ । 

सर्भिस सेन्टर उद्घाटन गर्दै साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘साओमीमा हामी वास्तवमै सबैलाई नवीनतम प्रविधिको पहुँच पुर्‍याउन केन्द्रित छौँ । साओमीमा सर्भिसको गुणस्तर प्रमुख स्तम्भ भएकाले हामी आफ्टर सेल्स र ग्राहक सेवाप्रतिको प्रयासमा हाम्रा नवीनतम उपायहरूको उत्तम कार्यान्वयन गर्न जारी राख्दछौँ ।’ 

नवीनतम प्रयासले साओमीलाई नेपाली ग्राहक र एमआई फ्यानको माया र विश्वास हासिल गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाइ थियो । नयाँ सर्भिस सेन्टरले नेपालभरका सबै प्रयोगकर्तालाई उच्चगुणस्तरीय सेवा पुर्‍याउने प्रतिबद्धतालाई अझ मजबुत बनाएको उनले बताए ।