मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका भक्तपुर
२०७६ चैत ५ बुधबार ०६:३२:००
Read Time : < 1 मिनेट
समाचार

खाना कसले पकाउने भन्ने विवादमा  श्रीमानले गरे श्रीमतीको हत्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका भक्तपुर
२०७६ चैत ५ बुधबार ०६:३२:००

सूर्यविनायक नगरपालिका–९, नंखेलका राजन ब्यान्जूले आफ्नै श्रीमतीको हत्या गरेको खुलेको छ । राजनकी श्रीमती ३२ वर्षीया पवित्रा ब्यान्जू गत ३० फागुन दिउँसो घरमै मृत अवस्थामा भेटिएकी थिइन् । शरीरमा नीलडाम र नाकबाट रगत बगेको अवस्थामा उनको शव फेला परेको थियो । प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा पवित्राको हत्या श्रीमान् राजनले नै गरेको खुलेको जनाएको छ । 

महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीका अनुसार राजन र पवित्राले एकैसाथ बसेर सुरुमा मादक पदार्थ सेवन गरेका थिए । पछि कसले खाना पकाउने र खाने भन्ने विषयमा विवाद हुँदा राजनले श्रीमतीलाई लाती, मुक्का र दाउरासमेतले कुटपिट गरेको सोधपुछका क्रममा स्वीकार गरेका छन् ।

शव भेटिएको खबर पाएलगत्तै डिएसपी चक्रराज जोशी नेतृत्वको प्रहरी अनुसन्धान अधिकृतको टोली खटिएको थियो । मृतक पवित्राका दाजु प्रेमबहादुर घर्तीको किटानी जोहरीपछि राजनविरुद्ध कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान अघि बढाइएको डिएसपी गिरीले जानकारी दिए ।