१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७६ चैत ४ मंगलबार १५:०९:००
Read Time : < 1 मिनेट
समाचार

प्रदेश २ काे नाम र राजधानीकाे टुंगो लगाउन मतदान सुरु 

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७६ चैत ४ मंगलबार १५:०९:००

प्रदेश २ को नाम र राजधानी टुंगो लगाउन अहिले मतदान सुरु भएको छ । प्रदेश सभामुख सरोजकुमार यादवले पहिले मत खसाल्दै चुनाव सुरु भएको हो ।

प्रदेश सभामा रहेको सबभन्दा ठूलो पार्टी नेकपाले प्रदेश नाममा गएको प्रस्ताव जानकी प्रदेश मा मतदान सुरु भएको छ । 

यो प्रस्तावको पक्षमा वा विपक्षमा सभामुखसहित एक सय सातजना सासदले मतदान गर्नेछन् । पहिलो प्रस्तावमाथि गोप्य मतदान सप्पन्न भएलगत्तै मतपरिणाम गणाना सुरु हुने बताइएको छ ।

पहिले प्रस्तावको पक्षमा दुईतिहाइ मत नखसेको खण्ड मात्रै अर्को प्रस्तावमाथि चुनाव हुने सभामुख यादवले बताए । नाम र राजधानी टुंगो राति १०–११ बजेसम्म हुने सभामुख यादवले बताए ।