१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत ४ मंगलबार १२:४२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

प्रदेश-२ को नाम र राजधानीका लागि आज मतदान हुँदै, चार ठूला पार्टी तीनतिर विभाजित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत ४ मंगलबार १२:४२:००

प्रदेश नम्बर २ को नाम र स्थायी राजधानीको टुङ्गो लगाउन मंगलबार प्रदेश सभाको बैठकमा मतदान हुने भएकाे छ । 

बिहान ८ बजे बोलाइएको बैठकमा राजधानीको टुङ्गो लगाउन मतदान हुनेछ । मतदान सुरु हुनुअघि सांसदहरुले प्रदेशको नाम टुङ्गो लगाउने विषयमा बोलिरहेका छन् । 

प्रदेशको स्थायी राजधानी जनकपुरमा नै राख्न यसअघि सहमति भइसके पनि नामको विषयमा हालसम्म सहमति जुट्न सकेको छैन । नामका लागि अलग–अलग चार दलले तीनवटा प्रस्ताव गरेका छन् ।  

सत्तारुढ राजपा र समाजवादीले ‘मधेस’, नेकपाले ‘जानकी’, प्रमुख प्रतिपक्षी कांग्रेसले ‘मिथिला भोजपुरा’ नाम प्रस्ताव दर्ता गराएका छन् । 

जनकपुरलाई राजधानीमा बनाउनमा यी चारवटै दल सहमत भएका छन् । वीरगञ्जका केही सांसदले भने प्रदेशको नाम ‘मध्य मधेस’ र राजधानी वीरगञ्ज प्रस्ताव गरेका छन् ।

सतारुढ समाजवादी पार्टीको ३०, राजपा नेपालको २५, प्रमुख प्रतिपक्षी नेकपाको ३२, अर्को प्रतिपक्षी कांग्रेसको १९ र संघीय समाजवादीको एक सिट गरी प्रदेश २ मा कुल १ सय ७ सांसद छन् ।

नाम र राजधानी तोक्न दुईतिहाइ बहुमत आवश्यक भए पनि नेकपा र कांग्रेसमा नामका विषयमा अलग धारणा रहेकाले प्रदेशको नामको टुङ्गो लगाउन गोप्य मतदान गरिने भएको हो ।