Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत ४ मंगलबार ०६:०७:००
Read Time : < 1 मिनेट
अर्थ

सम्मान नेपाललाई  सिटिजन्स बैंकको सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत ४ मंगलबार ०६:०७:००

सिटिजन्स बैंक इन्टरनेसनलले सडकआश्रित मानवमुक्त अभियान सञ्चालन गरिरहेको सम्मान नेपाल नामक संस्थालाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थालाई १ लाख रुपैयाँ प्रदान गरेको जनाएको छ । 

मानव सेवामा काम गर्ने संस्था र अभियानलाई बैंकले भविष्यमा पनि संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सहयोग गर्ने बताएको छ । सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति यस्ता कार्यक्रम प्रभावकारी हुने बैंकले विश्वास व्यक्त गरेको छ । 

हाल बैंकले देशभर ९३ शाखा, ९० एटिएम र १०३ वटा शाखारहित बैंकिङ एकाइमार्फत वित्तीय सेवा दिँदै आएको छ । घरबाटै वित्तीय सुविधा उपभोग गर्न मिल्ने विभिन्न प्रविधिमैत्री योजनासमेत सञ्चालनमा ल्याएको बैंकले भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि पिओएस मेसिनमार्फत सामान वा सुविधा खरिद गर्दा २० प्रतिशतसम्म क्यासब्याक (नगद फिर्ता)योजनासमेत सञ्चालन गरेकोे छ ।