मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत ४ मंगलबार ०६:५६:००
Read Time : < 1 मिनेट
अर्थ

टिच फर नेपाललाई एभरेष्ट बैंकको सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत ४ मंगलबार ०६:५६:००

एभरेष्ट बैंकले टिच फर नेपाल नामक संस्थालाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विपन्न वर्गलाई शिक्षा प्रदान गर्न गर्दै आएको गतिविधिअन्तर्गत उक्त संस्थालाई सहयोग गरेको जनाएको छ । 

बैंकले टिच फर नेपालका प्रतिनिधिलाई ७ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको थियो । टिच फर नेपाल उत्कृष्ट विश्वविद्यालय स्नातक र युवा पेसेवरको एक पहल हो । यसले नेपालमा शिक्षा असमानता अन्त्य गर्न प्रतिबद्धता जनाउँदै सार्वजनिक विद्यालयमा दुई वर्षको फेलोसिप शिक्षण गर्दै आइरहेको छ । एभरेष्ट बैंकले नेपालका विभिन्न सरकारी र सार्वजनिक विद्यालयमा शिक्षा, सरसफाई र खानेपानीलाई सहयोग गरिरहेको जनाएको छ । 

बैंकले हाल ११ लाखभन्दा बढी ग्राहक रहेको जनाएको छ । देशभर फैलिएका ग्राहकलाई ९५ शाखा, ३१ राजवस्व संकलन काउन्टर र १ सय ३ एटिएममार्फत सेवा दिइरहेको जनाएको छ ।