मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७६ चैत ४ मंगलबार १०:४६:००
Read Time : > 1 मिनेट
विश्व

चिनियाँ अर्बपति ज्याक माले पठाएको टेस्ट किट र मास्क अमेरिका पुग्यो  

Read Time : > 1 मिनेट
एजेन्सी
२०७६ चैत ४ मंगलबार १०:४६:००

चीनबाट अमेरिका पठाएको कोभिड–१९ परीक्षण गर्ने किट र मास्क अमेरिका पुगेको छ । चिनियाँ अरबपति ज्याक माले पठाएको १० लाख थान मास्क र ५ लाख टेस्ट किट सोमबार अमेरिका पुगेको हो । 

अमेरिका पुगेको टेस्ट किट र मास्क अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले वितरण गर्ने छ । चीनका कारखानाहरुले विस्तारै उत्पादन पुनः सुरु गरेपछि सिडिसीले चीनबाट खरिद गरिरहेको थियो । 

दोस्रो पटकको ढुवानी भने यी सामाग्रीको उपलब्धतामा निर्भर गर्ने ज्याक मा फाउन्डेशनका प्रवक्ताले भनेका छन् । ज्याक मा अलिबाबा कम्पनीका संस्थापक हुन् । 

Through a donation of 500,000 testing kits and 1 million masks, we join hands with Americans in these difficult times. pic.twitter.com/tGviVhC6Gx

— Jack Ma Foundation (@foundation_ma) March 13, 2020

अमेरिकाले घातक संक्रमण कोभिड–१९ को प्रकोप नियन्त्रणका लागि किट अभावको सामना गरिरहेको छ । भाइरसको प्रकोपलाई कम गर्न सरकारले तयारीमा देखाएको ढिलाईका कारण आलोचित भइरहेको छ । जनस्वास्थ्य अधिकारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीव्र गतिमा फैलिरहेको भाइरसको गम्भीरतामा खेलवाड गरेको आरोप लगाएका छन् । 

प्रयोगशालाका उपकरण अभावका कारण धेरै मानिसहरुमा भाइरसको परीक्षण गर्न नसकिएको अमेरिकी स्वास्थ्य अधिकारीले बताएका छन् । अमेरिकामा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट ३ हजार ६ सय मानिस संक्रमित भएका छन्, र ६८ जनाको ज्यान गइसकेको छ । 

विश्वभर १ लाख ७० हजारभन्दा बढी संक्रमित भइसकेका छन्, भने ६ हजार ६ सय ५० को मृत्यु भएको छ । 

ज्याक माले अफ्रिकालाई कोरोना भाइरसविरुद्ध लड्न प्रत्येक ५४ देशमा २० हजार टेस्ट किट, १ लाख मास्क र १ हजार मेडिकल प्रोटेक्टिभ सुट सहयोग गर्ने पनि बताएका छन् ।