मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२०७६ चैत ४ मंगलबार ०८:०४:००
Read Time : < 1 मिनेट
अर्थ

डेढ महिनादेखि सुनसान तातोपानी नाका

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
२०७६ चैत ४ मंगलबार ०८:०४:००

गत माघ १६ गते स्याउ बोकेका केही कन्टेनर तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट काठमाडौं आएसँगै आयात–निर्यात ठप्प भयो । चिनियाँ नयाँ वर्ष स्प्रिङ फेस्टिभल र स्वशासित क्षेत्र तिब्बतको ल्होसारका लागि व्यापारिक कारोबार बन्द गरिएको थियो । 

चिनियाँ चाडपर्व सकिए पनि वुहान सहरमा फैलिएको कोरोना भाइरसका कारण नाका खुलेन । विनाशकारी भूकम्पले चार वर्ष बन्द भएको नाकाबाट गत असारदेखि सामान आयात हुन थाल्यो । चार वर्षपछि बल्लतल्ल खुलेको नाका साबिकझैँ खुलेन । नौ महिनापछि फेरि बन्द भएको छ । अब कहिले खुल्छ, निश्चित छैन । 

भूकम्पले विस्थापित स्थानीय व्यापारी व्यापार खुल्ने आशामा तातोपानी पुनर्स्थापित भएलगत्तै फेरि विस्थापित भएका छन् । लिपिङ, कोदारी र तातोपानीका स्थानीयले गाउँ छोड्न थालेका छन् । अहिले नाकामा सशस्त्र र जनपथका प्रहरी मात्रै बस्छन् । अन्य सरकारी कार्यालयका कर्मचारी छैनन् ।

कारोबार ठप्प भएसँगै सबैजना कार्यालयमा रहनु उचित नभएकाले कर्मचारी विभिन्न विभागको काजमा रहेका छन् । भन्सार, अध्यागमन र क्वारेन्टाइन कार्यालयमा पियन मात्रै बस्छन् । डेढ महिनादेखि चिनियाँ क्षेत्रका कुनै पनि अधिकारीसँग सम्पर्क नभएको अध्यागमन कार्यालयका तिलक मगरले बताए ।