१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ चैत ३ सोमबार १८:४८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

भरतपुर अस्पतालमा रहेका शंकास्पद व्यक्तिमा कोरोना भेटिएन

Read Time : < 1 मिनेट
२०७६ चैत ३ सोमबार १८:४८:००

भरतपुर अस्पतालमा उपचारका लागि आएका शंकास्पद एक व्यक्तिमा कोराना भाइरसकाे परिक्षण गर्दा संक्रमण नभएकाे पाइएकाे छ । 

अस्पतालका सूचना अधकिारी लिला पौडेलका अनुसार आइतबार उपचारका लागि भारतबाट फर्किएका एक जनामा कोरोना भाइरसको जस्तै लक्षण देखिएपछि अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो ।

तर सोमबार केन्द्रीय प्रयोगशालाबाट आएको नमूना परिक्षणको रिपोर्ट अनुसार उनमा काेराेनाकाे संक्रमण नरहेकाे पाइएकाे छ ।  विरामीको नमूना परीक्षणका लागि आइतबार काठमाण्डौं पठाइएको थियो ।

उनका अनुसार अस्पतालले यसअघि पनि तीन व्यक्तिको नमूना परीक्षणका लागि काठमाडौं पठाइएको थियो । उनीहरु सबैमा परीक्षणपछि नतिजा नेगेटिभ अर्थात् संक्रमण नभएको पाइएकाे थियो । अस्पतालबाट कोराेनाको आशंका गरेर नमूना परीक्षण गरिएका सबै व्यक्ति ५० वर्ष उमेर माथिएको भएको उनले बताए ।

विश्वभर कोरोनाको संक्रमण फैलिएपछि चितवनमा पनि सतर्कता बढाइएको छ । चितवनको भरतपुर अस्पतालले शंकास्पद लक्षण देखिएका व्यक्तिलाई सिधै अस्पतालको कोठा नम्बर २०१ मा लैजाने प्रबन्ध मिलाएको छ । अस्पतालमा अहिले आइसोलेसन वार्डमा १९ बेड छ ।