मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
कमल खत्री म्याग्दी
२०७६ चैत ३ सोमबार १५:१८:००
Read Time : < 1 मिनेट
समाचार

सडक आयोजनाका दुई डोजरमा आगजनी

Read Time : < 1 मिनेट
कमल खत्री, म्याग्दी
२०७६ चैत ३ सोमबार १५:१८:००

म्याग्दीको मालिका गाउँपालिका– ६ रातोढुंगामा रहेका दुई डोजरमा गएराति आगजनी गरिएको छ । 

बेनी–दरबाङ सडकखण्डअन्तर्गत बाबियाचौर लाम्पाटादेखि दरबाङसम्मको सडक कालोपत्रे योजनामा परिचालित क्याराभान कन्स्ट्रक्सनका दुईवटा डोजरमा आगजनी गरिएको हो । 

आगलागीबाट जेसिभी पूर्ण रूपमा क्षति भएको छ भने स्काभेटरमा आंशिक क्षति भएको इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

सडकका लागि बालुवा उत्खनन गरी रातढुंगाको म्याग्दी नदीको किनारमा पार्किङमा राखिएका दुवै डोजरमा भएको आगलागी प्रहरी, जनप्रतिनिधि, कम्पनीका प्रतिनिधि र स्थानीयवासीको सक्रियतामा निभाइएको थियो । आगो निभाउन झन्डै एक घन्टा लागेको मालिका– ६ का वडाध्यक्ष सन्तनाथ जैसीले जानकारी दिए ।

आगलागी गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरी निरीक्षक अधिकारीले बताए । राति करिब साढे ११ बजे अज्ञात समूहले डोजरमा आगजनी गरेको थियो ।