मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका कञ्चनपुर
२०७६ चैत ३ सोमबार १४:५९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

भण्डारीदम्पती हत्या प्रकरण : जेठो छोरा पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका कञ्चनपुर
२०७६ चैत ३ सोमबार १४:५९:००

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ११ झलारी कलुवापुरका जयलाल भण्डारीदम्पतीको १४ फागुनमा भएको हत्या अनुसन्धानका क्रममा जेठा छोरालाई प्रहरीले पक्राउ गरेको छ । 

भण्डारीदम्पतीको हत्यामा मृतक जयलालकी जेठी श्रीमतीतर्फका जेठा छोरा भरत पक्राउ परेका हुन् । उनलाई प्रहरीले डडेल्धुराबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कञ्चनपुर ल्याएको छ । 

प्रहरीले भण्डारी पक्राउ परेकोबारे औपचारिक रूपमा सार्वजनिक गरेको छैन् ।