मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका कास्की
२०७६ चैत ३ सोमबार ०७:३५:००
Read Time : < 1 मिनेट
राजनीति

गण्डकी प्रदेश सभा लगातार अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका कास्की
२०७६ चैत ३ सोमबार ०७:३५:००

गण्डकी प्रदेश सभाको बैठक लगातार अवरुद्ध हु्ँदै आएको छ । आइतबार पनि कांग्रेस सांसदले विरोध जनाएपछि बैठक चल्न सकेन । सरकारले वार्षिक कार्यक्रम प्रकाशित गर्दा कांग्रेसका सांसदको योजना नसमेटेको र मुख्यमन्त्रीले सम्बोधन गर्ने वचन दिए पनि कार्यान्वयन नगरेको, प्याकेजका कार्यक्रम र पोको बजेट एकलौटी ढंगले वितरण गरेको, निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट विनियोजन गर्दा नेकपा र कांग्रेससँगै प्रत्यक्ष र समानुपातिक सांसदलाई भेदभाव गरेको भन्दै कांग्रेस सांसदले विरोध गर्दै आएका छन् । आफ्ना माग पूरा नहुँदासम्म विरोध जारी रहने कांग्रेसले जनाएको छ । आइतबार दुवै पार्टीका संसदीय दलले छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी एक–अर्कालाई आरोप–प्रत्यारोप गरेका छन् ।

नेकपा संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकार, आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले पत्रकार सम्मेलन गर्दै कांग्रेसको माग कानुनसम्मत नरहेको र जायज पनि भएको बताए । मुख्यमन्त्री जवाफ दिनु जरुरत नभएको र वार्ता गर्न पनि आवश्यक नभएको जनाउँदै संसद् अवरुद्ध गर्नुको कुनै तुक नभएको बताएका छन् ।

 त्यस्तै, कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल, प्रमुख सचेतक मणिभद्र शर्मा, सांसद कुमार खड्कालगायतले पत्रकार सम्मेलन गरी मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेको प्रतिबद्धता पूरा नगरेको बताए । मुख्यमन्त्री सबैको साझा हुनुपर्नेमा एकलौटी ढंगले अघि बढेकाले पदमा बस्ने अधिकार नभएको उनीहरूको जिकिर थियो ।