१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी
२०७६ चैत २ आइतबार १६:३४:००
Read Time : < 1 मिनेट
सप्तरंग

कोरोना कहरका बेला बन्ने भयो ‘कोरोना प्यार है’ नामक फिल्म 

Read Time : < 1 मिनेट
एजेन्सी
२०७६ चैत २ आइतबार १६:३४:००

सारा विश्व कोरोना भाइरसका कारण आक्रान्त भइरहेका बेला छिमेकी भारतमा भने कोरोना भाइरससँग मिल्दोजुल्दो नाम राखेर फिल्म निर्माण हुने भएको छ । 

कोरोना भाइरसबाट भारतमा एक सय जना संक्रमित भइसकेका बेला ‘कोरोना प्यार है’ नामक फिल्म बन्न लागेको हो । 

टाइम्स अफ इण्डियाको एक रिपोर्ट अनुसार, विभिन्न चर्चित फिल्म निर्माण गरिसकेको ‘इरोज इन्टरनेसनल’ नामक प्राेडक्सन कम्पनीले ‘कोरोना प्यार है’ नामको फिल्म रजिष्टर गराइसकेको छ । इरोज इन्टरनेसनले यसअघि बाजीराव मस्‍तानी, तनु वेड्स मनु रिटर्न्‍स, बदलापुर लगायतका फिल्म निर्माण गरिसकेको छ ।  

भारतीय सञ्चार माध्यमहरुले ‘कोरोना प्यार है’ लाई कोरोना भाइरससँग सम्बन्धित र दर्ता भएको पहिलो फिल्म मानेका छन् । यद्यपी, यसको कथा कस्तो हुन्छ, त्यो भने सार्वजनिक भएको छैन ।  

समाचारमा उल्लेख गरिए अनुसार, यो फिल्मको कथाको मुख्य विषयवस्तु भने ‘लभ स्टोरी’ नै हुनेछ । 

विश्व्यापी संक्रमणको रुप लिएको कोरोना भाइरसका कारण भारत लगायत विश्वका कैयाैँ फिल्महल बन्द भएका छन् । यही कारण रिलिज भइसकेका फिल्महरु समेत प्रदर्शनमा आउन सकेका छैनन् । निर्माणधिन फिल्मका सुटिङहरु समेत स्थगित गरिएका छन् ।