मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २ आइतबार १३:२८:००
Read Time : < 1 मिनेट
समाचार

वैदेशिक रोजगारबाट फर्केर उद्यम गरेकालाई सरकारले पुरस्कृत गर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २ आइतबार १३:२८:००

वैदेशिक रोजगारीबाट फर्किएर स्वेदेशमै उद्यम गर्ने नेपालीलाई सरकारले पुरस्कार वितरण गर्ने भएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान दिएका उद्यमीलाई पुरस्कृत गर्न थालेको हो । मन्त्रालयले स्वरोजगारीलाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार वितरण गर्ने भएको हो । 

पुरस्कारका लागि मन्त्रालयले योग्यता पुगेका नेपाली नागरिकलाई ‘विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि, २०७६’ को अनुसुचीको ढाँचामा आवेदन भर्न सुचना जारी गरेको छ । 

मन्त्रालयले आइतबार जारी गरेको सुचनामा २३ चैत्रभित्र मन्त्रालयको रोजगार समन्वय तथा सुचना शाखामा दर्ता गराउन र इमेल पठाउन आग्रह गरेको छ । आवेदनको ढाँचा मन्त्रालयको वेवसाइटबाट डाउनलोड गर्न सकिनेछ । 

आवेदनको लागि नेपाली नागरिक, श्रमिक भिषामा विदेश गई कम्तिमा १ वर्ष काम गरी फर्किएको हुनुपर्ने र मन्त्रलायबाट पुरस्कार प्राप्त नगरेको हुनुपर्ने सूचनामा उल्लेख छ ।