मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस अर्घाखाँची
२०७६ चैत २ आइतबार १३:०५:००
Read Time : < 1 मिनेट
समाचार

असिनाले चुटेर बालकको मृत्यु

Read Time : < 1 मिनेट
रासस अर्घाखाँची
२०७६ चैत २ आइतबार १३:०५:००

असिनापानीले चुट्दा अर्घाखाँचीको शितगङ्गा नगरपालिका १२ रजिया रातमाटाका १० वर्षीय बालक विकास नेपालीको शनिबार राति मृत्यु भएको छ । अर्घाखाँचीका डिएसपी प्रकाश विष्टले असिनापानीको चुटाइबाट उनको मृत्यु भएको बताए । 

नेपाली शनिबार दिउँसो घरबाट हिँडेको र डोहोटेको कुँडुले जङ्गलमा बाटोको कुनामा मृत भेटिएका थिए । बाक्लो असिनाले चुटेरनै बालकको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।