मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
श्रवण थापा सर्लाही
२०७६ चैत २ आइतबार ०९:४१:००
Read Time : > 1 मिनेट
खेलकुद

जावलाखेललाई हराउँदै कञ्चनजंघा फाइनलमा

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७६ चैत २ आइतबार ०९:४१:००

जावलाखेलका गौरव श्रेष्ठ, सुजित बुढाथोकी र रूपबहादुर लामाले टाइब्रेकरमा गोल गर्न नसक्दा कञ्चनजंघा राजर्षि जनक कपको अन्तिम दुईमा 

भारतको कञ्चनजंघा क्लब जावलाखेललाई टाइब्रेकरमा ३–१ ले हराउँदै राजर्षि जनक कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा शनिबार सम्पन्न दोस्रो सेमिफाइनलको निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो । खेलको छिनोफानो टाइब्रेकरबाट हुँदा कञ्चनजंघाले बाजी मारेको हो । अब कञ्चनजंघाले उपाधिका लागि आइतबार नेपाल पुलिसको सामना गर्नेछ । 

टाइब्रेकरमा जावलाखेलका तीन खेलाडीले असफल पेनाल्टी प्रहार गरेका थिए । जावलाखेलका फोफोना मात्र गोल गर्न सफल भए । जावलाखेलका गौरव श्रेष्ठको प्रहार बारमा लागेको थियो । गौरवपछि सुजित बुढाथोकी र रूपबहादुर लामाले पोस्टभन्दा माथि प्रहार गरे । कञ्चनजंघाका निवास राना, करण थापा र नगेन तामाङले टाइब्रेकरमा सहजै गोल गरे । अभिषेक दर्जीको प्रहार जावलाखेलका गोलरक्षक टेकेन्द्र थापाले विफल पारे । यसअघि खेलको पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । 

दोस्रो हाफमा दुवै टोली आक्रामक बने । जावलाखेलको तुलनामा कञ्चनजंघाले राम्रो गोल अवसर सिर्जना गरेको थियो । तर, कञ्चनजंघाका खेलाडीले अवसरको सदुपयोग गर्न सकेनन् । खेलको ५७औँ मिनेटमा नागेन तामाङले कञ्चनजंघालाई १–० को अग्रता दिलाए । कञ्चनजंघाका अभिषेक दर्जीले गरेको हेडिङ क्रसबारमा लागेर फर्किएको थियो । नागेनले त्यही बललाई गोलको दिशा दिए । 

कञ्चनजंघाले आफ्नो अग्रता सात मिनेट मात्र टिकाएको थियो । खेलको ६४औँ मिनेटमा रूपबहादुर लामाले जावलाखेललाई १–१ को बराबरीमा पुर्‍याए । लामाले डिबक्सनजिकैबाट प्राप्त पासमा गोल गरेका हुन् । बराबरी गोलसँगै जावलाखेलले कञ्चनजंघालाई दबाबमा राख्ने प्रयास गरेको थियो । खेलको ७८औं मिनेटमा जावलाखेलका गौतम श्रेष्ठ कञ्चनजंघाका गोलरक्षकविरुद्ध वान भर्सेज वानको अवस्थामा समेत गोल गर्न चुके । दोस्रो सेमिफाइनलमा कञ्चनजंघाका खेलाडी निवास रानाले म्यान अफ द म्याच घोषित हुँदै १० हजार रुपैयाँ पाए । प्रतियोगिताका विजेताले १० लाख र  उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछन् ।