१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
श्रवण थापा सर्लाही
२०७६ चैत १ शनिबार ०७:४५:००
Read Time : < 1 मिनेट
खेलकुद

पुलिस राजर्षि जनक कपको फाइनलमा

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७६ चैत १ शनिबार ०७:४५:००

नेपाल पुलिस क्लब सुदूरपश्चिम–११ लाई ३–१ गोलअन्तरले पराजित गर्दै शुक्रबार राजर्षि जनक कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा सुदूरपश्चिमले अग्रता लिएको थियो । सुदूरपश्चिमले आफने अग्रता रक्षा गर्न सकेन । गत साता सुदूरपश्चिमले खप्तड गोल्डकप फुटबल जितेको थियो । सिजनमा दोस्रो गोल्डकप जित्ने सुदूरपश्चिमको लक्ष्य पूरा भएन । खेलको १७औँ मिनेटमा फिलिप तामाङले सुदूरपश्चिमलाई १–० को अग्रता दिलाएका थिए । उनले रंगोल चौधरीको क्रसमा गोल गरेका हुन् । 

मध्यान्तरअघिसम्म सुदूरपश्चिमले पुलिसलाई दबाबमा राखेको थियो । तर, मध्यान्तरपछि पुलिस आक्रामक देखियो । कप्तान जुमानु राईले पुलिसलाई खेलमा फर्काए । खेलको ४७औँ मिनेटमा जुमानुले साजन राईको क्रस पासमा १–१ को बराबरीका लागि गोल गरे । एक गोल फर्काएपछि पुलिस आक्रामक बन्यो । तीर्थ रानामगरले १२ मिनेटको अन्तरमा दुई गोल गरेपछि पुलिसले बाजी मार्‍यो । 

खेलको ५५औँ मिनेटमा रानामगरले जुमानुको पासमा पुलिसलाई खेलमा पहिलोपटक २–१ को अग्रता दिलाए । त्यसपछि खेलको ६७औँ मिनेटमा रानामगरले रविनको क्रस पासमा ३–१ का लागि गोल गरे । खेलको ८२औँ मिनेटमा सुदूरपश्चिमका विक्रमसिंह ठकुरीले वान भर्सेज वानको मौकासमेत सदुपयोग गर्न सकेनन् । मध्यान्तरपछि सुदूरपश्चिमले रक्षात्मक रणनीतिका साथ प्रतिस्पर्धा गरेको थियो । शनिबार दोस्रो सेमिफाइनलमा जावलाखेल युथ क्लबले कञ्चनजंघा फुटबल क्लब सिक्किमको सामना गर्नेछ । प्रतियोगिताका विजेताले १० लाख र उपविजेताले पाँच लाख पाउनेछन् । प्रतियोगिताको फाइनल २ चैतमा हुनेछ ।