मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण ३० शुक्रबार ०६:०६:००
Read Time : < 1 मिनेट
अर्थ

कैलाशलाई प्राप्तिपछि प्राइम बैंकको एकीकृत कारोबार सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण ३० शुक्रबार ०६:०६:००

कैलाश विकास बैंकलाई प्राप्ति गरेको प्राइम बैंकले एकीकृत कारोबार सुरु गरेको छ । बिहीबार बैंकका सञ्चालक समितिका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले कैलाश विकास बैंक लिमिटेडलाई प्राप्तिपश्चात् एकीकृत कारोबार शुभारम्भ गरेका हुन् । 

बैंक सञ्चालक समितिका अध्यक्षको सभापतित्वमा सम्पन्न कार्यक्रममा दुवै बैंकका सञ्चालक, प्रमुख कार्यकारी अधिकृतहरूको उपस्थिति रहेको थियो । बैंकले विभिन्न वित्तीय संस्थालाई प्राप्ति गरी आफ्नो पुँजी वृद्धि गर्ने योजनाअन्तर्गत कैलाश विकास बैंक लिमिटेडलाई प्राप्ति गरिएको हो ।

प्राप्तिपश्चात् बैंकको चुक्ता पुँजी १३ अर्ब ९८ करोड पुगेको छ भने निक्षेप करिब १३० अर्ब तथा कर्जा लगानी ११४ अर्ब पुगेको छ । प्राप्तिपश्चात् बैंकको कुल शाखा संख्या २०० पुगेको छ । प्रमुख आर्थिक गतिविधि हुने स्थानहरूका अतिरिक्त शाखा सञ्जाल देशव्यापी बनेको छ ।