Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण ३० शुक्रबार ०६:०६:००
Read Time : < 1 मिनेट
अर्थ

शंकरदेवको शुल्क ग्लोबल आइएमईको डिजिटलबाट भुक्तानी गर्न मिल्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण ३० शुक्रबार ०६:०६:००

ग्लोबल आइएमई बैंक र शंकरदेव क्याम्पसबीच विद्यार्थीले इन्टरनेटका माध्यमबाट शुल्क भुक्तानी गर्न सकिने सम्झौता भएको छ । सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्री र शंकरदेव क्याम्पसका प्रमुख कृष्णप्रसाद आर्चायले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार क्याम्पसमा अध्यनरत विद्यार्थीले कलेजलाई भुक्तानी गर्नुपर्ने शुल्क अब बैंकको मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङमार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् । शंकरदेवसँगको सहकार्यले क्याम्पसका विद्यार्थीलाई शुल्क भुक्तानी गर्न बैंक जानुपर्ने बाध्यता हट्ने बैंकले विश्वास लिएको छ । 

बैंकले देशैभर रेहेका शाखा सञ्जाललगायत ३८ वटा एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर, २५६ एटिएम, २४९ शाखारहित बैंकिङ सेवा र नेपालबाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय (अस्टे«लिया, बेलायत र भारत)मार्पmत आफ्ना १९ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।