Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका
२०७५ माघ ७ सोमबार ०९:२६:००
Read Time : > 4 मिनेट
सेयर बजार

नेप्सेमा अपर तामाकोसीको दबाब

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२०७५ माघ ७ सोमबार ०९:२६:००

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक शून्य दशमलव ७२ प्रतिशत घटेर बन्द भएको छ । यस दिनको बजारलाई अपर तामाकोसीको सेयर मूल्यले प्रत्यक्ष प्रभाव पारेको देखिन्छ । यस दिन भएको कुल कारोबार रकमको ६४ प्रतिशत कारोबार अपर तामाकोसीको भएको छ । त्यसैगरी, यस दिन भएको अपर तामाकोसीको कारोबार संख्या कुल कारोबार संख्याको ८६ दशमलव ७२ प्रतिशत हो भने कुल सेयर संख्याको ६३ दशमलव २४ प्रतिशत हो ।

बजार खुलेको १ घन्टासम्म नेप्से करिब स्थिर रहेको थियो । सोपछिको समयमा भने नेप्से ओरालो लागेर यस दिनको न्यून बिन्दु १ हजार १ सय ७६ दशमलव ७८ बिन्दुमा पुगेको थियो । अन्तिम अवस्थामा भने केही सुधार भई बजार बन्द भएको थियो । कारोबार सुरु भएको १ घन्टा अवधिसम्म अपर तामाकोसीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढेको थियो । त्यसपछिको समयमा भने सेयर मूल्य घट्न थालेको थियो ।
बजार सारांश
आइतबार नेप्से परिसूचक ८ दशमलव ६ अंक घटेर १ हजार १ सय ७९ दशमलव १७ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन १ दशमलव ६३ अंक घटेर २ सय ४९ दशमलव ३८ बिन्दुमा पुगेको छ । फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव ६६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ५ अंक घटेको छ । यस दिन १ सय ४३ कम्पनीको १४ हजार ४ सयपटकको कारोबारमा ३६ करोड ४५ लाख ३८ हजार ७ सय ३६ रुपैयाँबराबरको ११ लाख ५३ हजार ७३ कित्ता सेयर खरिद–बिक्री भएको छ । 
 प्राविधिक विश्लेषण
आरएसआई : नेप्सेको आरएसआई यस दिन ४९ दशमलव शून्य ८ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ । 

एडी रेसिया : नेप्सेको एडी रेसियो यस दिन शून्य दशमलव ३५ रहेको छ । यसले नेप्से वियरिस प्रवृत्तिमा रहेको संकेत गर्छ । यस दिन कारोबारमा आएका १ सय ४३ कम्पनीमध्ये ३२ कम्पनीको सेयर मूल्य बढेको छ भने ९१ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी २० कम्पनीको सेयर मूल्य यस दिन स्थिर रहेको छ । 

यस दिनको पिभट विश्लेषण गर्दा, भोलि नेप्से ओरालो लागे पहिलो टेवा १ हजार १ सय ७३ दशमलव ४९ बिन्दुमा पाउने देखिन्छ । सो टेवा बिन्दुबाट पनि तल ओर्लिए नेप्सेले १ हजार १ सय ६७ दशमलव ८२ बिन्दुमा टेवा पाउने देखिन्छ । त्यसैगरी, भोलि बजार उकालो लागे नेप्सेले १ हजार १ सय ८८ दशमलव १२ बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्नेछ । सो बिन्दुभन्दा माथि गए नेप्सेले १ हजार १ सय ९७ दशमलव शून्य ८ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ । 
 घट्यो अपर  तामाकोसीको सेयर मूल्य
सूचीकृत भई कारोबार सुरु भएदेखि दैनिक १० प्रतिशतको हाराहारीमा बढिरहेको अपर तामाकोसीको सेयर मूल्य यस दिन भने ६ दशमलव १० प्रतिशत घटेको छ । कम्पनीका बारेमा विभिन्न हल्ला बजारमा आइरहेको छ । केही लगानीकर्ताले यस कम्पनीको सेयर मूल्य घटाउन चलखेल भइरहेको आरोप लगाएका छन् । यसका साथै यस दिन नागरिक लगानी कोषको सेयर मूल्य ६ दशमलव ३३ प्रतिशत घटेको छ । कारोबारमा आएको ग्रामीण विकास बैंकको सेयर मूल्य यस दिन ५ दशमलव २५ प्रतिशत घटेको छ । वित्तीय विवरणअनुसार ४६ प्रतिशत नाफा बढाउन सफल नेसनल माइक्रो फाइनान्सको सेयर मूल्य यस दिन ६ दशमलव शून्य ९ प्रतिशत बढेको छ ।  

सर्वाधिक कारोबार  हुनेमा अपर तामाकोसी
कारोबार रकम, सेयर संख्या र कारोबार संख्याका आधारमा यस दिन अपर तामाकोसी हाइड्रोपावर लिमिटेड अगाडि रहेको छ । यस दिन सो जलविद्युत्  कम्पनीको १२ हजार ४ सय ८९ पटकको कारोबारमा २३ करोड ४३ लाख ४ हजार रुपैयाँबराबरको ७ लाख २९ हजार २ सय ३८ कित्ता सेयर खरिद–बिक्री भएको छ । नागरिक लगानी कोषको यस दिन २ करोड ८१ लाख २३ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।  
३ कमाउने ८ गुमाउने
यस दिन कारोबारमा आएको व्यापार, होटेल र वित्त समूहको परिसूचकबाहेक अरू सबै समूहको परिसूचक घटेको छ । व्यापार समूहको परिसूचक यस दिन १ दशमलव १५ प्रतिशत बढेको छ । त्यसैगरी, होटेल समूहको परिसूचक शून्य दशमलव ३५ प्रतिशत र वित्त समूहको शून्य दशमलव २६ प्रतिशत बढेको छ । 

अपर तामाकोसीको सेयर मूल्य घटेसँगै जलविद्युत् समूहको परिसूचक यस दिन सर्वाधिक २ दशमलव ७५ प्रतिशत घटेको छ । त्यसैगरी, अन्य समूहको परिसूचक १ दशमलव १ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव ७६ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव ७३ प्रतिशत, निर्जीवन बिमा समूहको शून्य दशमलव ६६ प्रतिशत, जीवन बिमा समूहको शून्य दशमलव ६ प्रतिशत, वाणिज्य बैंक समूहको शून्य दशमलव ५ प्रतिशत र उत्पादनमूलक समूहको शून्य दशमलव २३ प्रतिशत घटेको छ ।

 नेसनल माइक्रो फाइनान्सको नाफा ४६ प्रतिशत बढ्यो
चालू आवको दोस्रो त्रैमाससम्ममा नेसनल माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडको खुद नाफा ४६ दशमलव शून्य २ प्रतिशत बढेर ५ करोड ७२ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी, कम्पनीको खुद ब्याज आम्दानी ४४ दशमलव शून्य ७ प्रतिशत र सञ्चालन मुनाफा ४६ दशमलव शून्य ३ प्रतिशत बढेको छ । सो अवधिमा कम्पनीको निक्षेप ९६ दशमलव १६ प्रतिशत र कर्जा तथा सापटी ५९ दशमलव ३० प्रतिशत बढेको छ । सो अवधिमा कम्पनीको चुक्ता पुँजी १५ करोड ८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष १८ करोड ८ लाख रहेको छ । गत आवको दोस्रो त्रैमासको तुलनामा कम्पनीको चुक्ता पुँजी २५ दशमलव ७४ प्रतिशत र जगेडा कोष ४४ दशमलव ९४ प्रतिशत बढेको छ । समीक्षा अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात २२ दशमलव शून्य ८ गुणा रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ७५ दशमलव ८७ रुपैयाँ रहेको छ । 

 देवःको नाफा सामान्य घट्यो
गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा देवः विकास बैंक लिमिटेडको खुद नाफा ५ दशमलव ४१ प्रतिशत घटेको छ । सो अवधिमा कम्पनीले १३ करोड २९ लाख खुद नाफा आर्जन गरेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ५५ दशमलव १३ प्रतिशत बढेको छ भने जगेडा कोष २ दशमलव १७ प्रतिशत बढेको छ । कम्पनीले सो अवधिसम्ममा १७ अर्ब ११ करोड निक्षेप संकलन गरी १५ अर्ब ६९ करोड कर्जा प्रवाह गरेको छ । कम्पनीको खुद ब्याज आम्दानी १६ दशमलव ६५ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ५ दशमलव ६२ प्रतिशत घटेको छ । नाफामा कमी आएसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ । गत आवमा १७ दशमलव २३ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी चालू आवमा घटेर १० दशमलव ५ रुपैयाँमा सीमित भएको छ ।
 एनएमबि माइक्रो फाइनान्सको नाफा ४३ प्रतिशत घट्यो
गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा एनएमबि माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडको खुद नाफा ४३ दशमलव १८ प्रतिशत घटेको छ । खुद ब्याज आम्दानी बढे पनि सञ्चालन मुनाफा घटेपछि कम्पनीको नाफा घट्न पुगेको हो । सो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १० दशमलव ३३ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४४ दशमलव ८१ प्रतिशत घटेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १६ करोड २० लाख रुपैयाँ र जगेडा कोष ९ करोड ७० लाख रुपैयाँ रहेको छ । कम्पनीले सो अवधिसम्म ८६ करोड ४४ लाख निक्षेप संकलन गरी २ अर्ब ४५ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । कम्पनीको निष्क्रिय कर्जा गत आवको तुलनामा बढेर २ दशमलव ८९ प्रतिशत पुगेको छ ।  
 १८ प्रतिशत बढ्यो फस्र्टको नाफा
गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा फस्र्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको नाफा १८ दशमलव शून्य ७ प्रतिशत बढेको छ । सो अवधिसम्ममा कम्पनीले ५ करोड ६३ लाख खुद नाफा आर्जन गरेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ६८ करोड ४३ लाख रहेको छ भने जगेडा कोष १५ करोड ३० लाख रहेको छ । कम्पनीको खुद ब्याज आम्दानी सो अवधिमा १३ दशमलव २९ प्रतिशत र सञ्चालन मुनाफा १८ दशमलव शून्य ७ प्रतिशत बढेको छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १६ दशमलव ४६ रुपैयाँ र मूल्य आम्दानी अनुपात २२ दशमलव ८५ रहेको छ ।
४२ प्रतिशत बढ्यो वोमीको नाफा 
गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा वोमी माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडको खुद नाफा ४१ दशमलव ९७ प्रतिशत बढेको छ । सो अवधिमा कम्पनीले २ करोड ६२ लाख ५३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । सो अवधिसम्ममा कम्पनीको चुक्ता पुँजी ३० प्रतिशत र जगेडा कोष ७० दशमलव शून्य ८ प्रतिशत बढेको छ । कम्पनीले सो अवधिमा ५० करोड ८३ लाख निक्षेप संकलन गरी १ अर्ब ४६ करोड कर्जा प्रवाह गरेको छ । कम्पनीको खुद ब्याज आम्दानी ५७ दशमलव २१ प्रतिशत र सञ्चालन मुनाफा ४१ दशमलव ९७ प्रतिशत बढेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात २१ दशमलव ८३ गुणा रहेको छ ।