१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण २९ बिहीबार १६:११:००
Read Time : < 1 मिनेट
समाचार

राप्रपाका अध्यक्षहरुले गरे पदभार ग्रहण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण २९ बिहीबार १६:११:००

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षत्रयले विहीबार पदभार ग्रहण गरेका छन् । 

पार्टी कार्यालय चाबहिलमा अध्यक्षत्रयले पदभार गरेका हुन् । पदभार ग्रहणपछि अध्यक्ष कमल थापाले राप्रपालाई कांग्रेस र कम्युनिष्टसरह देशको प्रमुख राजनीतिक शक्तिका रुपमा स्थापित गर्ने लक्ष्यका साथ पार्टी एक भएको बताए । 

स्थानीय तहसम्मका समितिहरुमा योग्यता र क्षमताका आधारमा जिम्मेवारी बाँडफाँड गरी समायोजनमा जाने मानसिकता सबैले बनाउनु पर्ने उनले बताए । 

पार्टीका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहोनीले देशप्रतिको जिम्मेवारी महसुस गर्दै पार्टी एकता गरिएको बताए । 
राम्रो मान्छेलाई प्रोत्साहन गर्दै पार्टीलाई बलियो बनाउने गरी कमिटि गठन गर्नुपर्नेमा उनले जोड दिए । 

नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसभित्र हिन्दुराष्ट्रका पक्षमा रहेका नेताहरुलाई पनि राप्रपा ल्याउने प्रयास गरिने उनले बताए ।

पार्टीका अर्का अध्यक्ष पशुपतिशमशेर राणाले वर्तमान सरकारले जनतालाई धोखा दिए पनि प्रतिपक्षी दलले त्यसको खवरदारी गर्न नसकेको बताए । 

उनले जनतामाथि भएको धोखा र कुकर्मको विरुद्धमा जनताको पक्षमा बोल्ने पार्टीको आवश्यकता परेकाले पार्टी एक भएको बताए । 

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बीच बुधबार पार्टी एकता घोषणा भएको थियो ।