मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण २९ बिहीबार १३:०२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

संसदमा डिला संग्रौलाको प्रश्न- जनता आफैं क्वारेन्टाइनमा बस्नुपर्ने भए सरकार कसका लागि ? 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण २९ बिहीबार १३:०२:००

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले काेराेना भाइरस (कोभिड-१९) को शंका देखिएका सबै नागरिकलाई क्वारेन्टाइनमा राख्न नसकिने भन्ने अभिव्यक्तिप्रति कांग्रेस सांसद डा.डिला संग्रौलाले कडा प्रतिक्रिया जनाएकी छन् ।  बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै डा.संग्रौलाले सो प्रचिक्रिया जनाएकी हुन् । 

‘क्वारेन्टाइनमा जनता आफैं बस्नुपर्ने, आइसोलेसनमा आफैं बस्नुपर्ने भनेर सरकारले राख्न सक्दैन भनेर स्वास्थ्यमन्त्रीलाई गैर-जिम्मेवारीपूर्ण अभिव्यक्ति दिने अधिकार छैन’ डा.संग्रौलाले भनिन् । 

कोभिड–१९ को त्रासले औषधि, ग्यास, मास्क, सेनीटाइजरको अभाव भएको बताउँदै डा.संग्रौलाले कोभिड–१९ विरुद्ध कसरी लड्ने ? त्यसतर्फ सरकारले जनतालाई आश्वास्थ पार्नुपर्ने बताइन् । 

उनले सिंहदरबारको कुर्सीमा बसेर राप र तापमा रमाउनेहरूले जनतालाई विकास र समृद्धि दिन नसकेको पनि बताइन् । भ्रष्टाचार गर्नेहरूलाई सरकारले कारवाही गर्न नसक्नु मुलुकको विडम्बना भएको डा.संग्रौलाको भनाइ छ । 

त्यसैगरी डा.संग्रौलाले पूर्वाधार विकासको नाममा सरकारले कर बढाएकोप्रति सरकारको ध्यानाकर्षण गराइन् । कर बढाउँदा जनता मारमा परेको बताउँदै डा.संग्रौलाले धनीको लागि पोषण, शोषण भएको बताइन् । 

काठमाडौंमा खाने पानीको अभाव सधैं हुने गरेको बताउँदै मल्लकालीन, लिच्छवीकालीन समयमा निर्मित धाराहरूको संरक्षण गर्नुपर्ने पनि बताइन् ।