मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७५ माघ ७ सोमबार ०८:०२:००
Read Time : < 1 मिनेट
साहित्य

सहिदगेटकी आमा सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ ७ सोमबार ०८:०२:००

हरिहर खनालको कथासंग्रह ‘सहिदगेटकी आमा’ लोकार्पण गरिएको छ । लाजिम्पाटस्थिति डिल्लीरमण कल्याणी पुस्तकालयमा आयोजित कार्यक्रममा माक्सवादी नेता तथा सौन्दर्य चिन्तक मोहन वैद्य ‘किरण’, निनु चापागाईँ , समालोचक प्राडा गोपीन्द्र पौडेल र शिखा बुक्सका पुष्पराज पौडेलले संयुक्त रूपमा लोकार्पण गरे ।

मोहन वैद्यले यसमा संगृहीत कथाहरू समसामयिक रहेको बताए । पुस्तकमा प्रगतिशील र जीवनोपयोगी कथासमेत रहेको उनको भनाइ छ । निनु चापागाईंले कथासंग्रहमा एकाध कथाहरू केही कमजोर भए पनि अन्य कथा उत्कृष्ट रहेको बताए । कथाहरूले केही न केही सन्देश बोकेको उनको भनाइ छ ।