१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी मध्यप्रदेश
२०७६ फाल्गुण २८ बुधबार ०८:५४:००
Read Time : < 1 मिनेट
विश्व

कंग्रेस नेता सिन्धियासहित २१ सांसदद्वारा पार्टी परित्याग, भाजपा प्रवेशको तयारी 

Read Time : < 1 मिनेट
एजेन्सी मध्यप्रदेश
२०७६ फाल्गुण २८ बुधबार ०८:५४:००

मध्यप्रदेशमा भारतीय कंग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री ज्योतिर्आदित्य सिन्धियाले  मंगलबार पार्टी परित्याग गरेका छन् । सिन्धियासँगै मध्यप्रदेशको संसद्मा प्रतिनिधित्व गर्ने कंग्रेसका २१ जना विधायकले पनि पार्टीबाट राजीनामा दिएका छन् । उनीहरूको राजीनामासँगै मुख्यमन्त्री कमलनाथ नेतृत्वको कंग्रेस सरकार संकटमा परेको छ । 

‘सुरुदेखि नै मेरो चाहना मध्यप्रदेशका साथै समग्र भारतका जनताको सेवा गर्नु रहेको छ । कंग्रेसमा बसेर यो सम्भव छैन, त्यसैले मैले राजीनामा दिएको छु,’ चारपटकसम्म सांसद बनेका सिन्धियाले आफ्नो  राजीनामापत्रमा भनेका छन् । राजीनामा दिनुअघि उनले प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित साहसँग भेट गरेका थिए । उनी भाजपा प्रवेशको तयारीमा रहेकोे भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

यसअघि, सोमबार दिग्विजय सिंहसहितका केही कंग्रेस नेताहरूले सत्तारुढ भारतीय जनता पार्टीले आफ्ना केही सांसदलाई किनेको र कमलनाथ नेतृत्वको मध्यप्रदेशको सरकारलाई ढाल्ने षड्यन्त्र गरेको बताएका थिए ।  मध्यप्रदेशमा कंग्रेसले कमलनाथको नेतृत्वमा सरकार गठन गरेपछि पार्टीमा आन्तरिक कलह बढेको थियो ।

सोमबार राति बसेको प्रदेश सरकारको बैठकमा मध्यप्रदेश सरकारका केही मन्त्रीले मुख्यमन्त्री कमलनाथसमक्ष राजीनामा बुझाएका थिए । मुख्यमन्त्रीले उनीहरूको राजीनामा स्वीकृत गर्दै नयाँ मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका थिए । यसैबीच, मुख्यमन्त्री कमलनाथको घरमा कंग्रेसको आपतकालीन बैठक बसेको छ ।