Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
एजेन्सी काबुल
२०७६ फाल्गुण २८ बुधबार ०८:४५:००
Read Time : < 1 मिनेट
विश्व

अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता हुन सुरु

Read Time : < 1 मिनेट
एजेन्सी काबुल
२०७६ फाल्गुण २८ बुधबार ०८:४५:००

अमेरिकाले अफगानिस्तानका दुईवटा अखडाबाट आफ्ना सैनिक फिर्ता गर्न थालेको छ । अमेरिका र तालिवानबीचको शान्ति वार्तामा सहमति भएअनुसार अमेरिकी सेना फिर्ताको थालनी भएको हो । 

दोहामा गतसाता अमेरिका र तालिवान समूहबीच सम्पन्न सम्झौताको सर्तमा १४ महिनाभित्र अमेरिकीसमेत सबै विदेशी सैनिक अफगानिस्तानबाट फिर्ता हुने उल्लेख छ । तर, यसको बदलामा तालिवानीले सुरक्षाको प्रत्याभूति गर्नुपर्नेछ । 

सम्झौताअन्तर्गत, अमेरिकाले जुलाईको मध्यसम्ममा अफगानिस्तानमा तैनाथ कुल १२ हजार सैनिकमध्ये पाँच हजार फिर्ता गर्ने उल्लेख छ । अमेरिकाले अफगानिस्तानका २० अमेरिकी सैन्य अखडामध्ये पाँचवटा बन्द गर्नेछ । 

अमेरिकी सेनाले दक्षिणको हेल्मान्ड प्रान्तको राजधानी लस्करगाह र पश्चिमी हेरात प्रान्तको सैनिक अखडा छाड्न थालेको छ । अफगानिस्तानका लागि अमेरिकी सेनाका प्रवक्ता कर्णेल सन्नी लेगिटले अमेरिकी सैनिकले अफगानिस्तानमा आतंकवादविरुद्धको अभियान र अफगान सेनालाई गरिरहेको सहयोगलाई निरन्तरता दिने बताए । 

छिमेकी कान्धाहार प्रान्तसँगै जोडिएको हेल्मान्ड प्रान्त तालिवानीको गढ मानिन्छ । १८ वर्षे द्वन्द्वमा यहाँ अमेरिकी र बेलायती सेनाले तालिवानसँग भीषण रक्तपातपूर्ण युद्ध लडेका थिए । हेल्मान्ड प्रान्तका गभर्नरका प्रवक्ता ओमर ज्वाकले ३० अमेरिकी सेनाले लस्करगाह छाडेको बताए । अमेरिका र तालिवानबीच सम्झौता भएपछि पनि तालिवान समूहले अफगान सैनिकमाथि ठाउँ–ठाउँमा हमला गरेका छन् । तर, यी हमला रोक्न अमेरिकी सेनाले खासै तत्परता देखाएको छैन । 

शान्ति सम्झौताको सर्तअन्तर्गत तालिवान समूहले इस्लामिक स्टेट समूह र अलकायदाजस्ता जिहादीका गतिविधिलाई निरुत्साहन गर्नेछन् । साथै, उनीहरूले अफगान सरकारसँग शान्ति वार्ता गर्नुपर्नेछ । सोमबार राष्ट्रपति असरफ घानीले दोस्रो कार्यकालको शपथ लिएका थिए ।

चुनावमा धाँधली भएको आरोप लगाएका उनका प्रतिद्वन्द्वी पूर्वकार्यकारी प्रमुख अब्दुल्ला अब्दुल्लाहले सोमबार नै समानान्तर समारोह आयोजना गरी राष्ट्रपतिको शपथ लिएको विवरण सार्वजनिक भएका छन् । अमेरिकाले अब्दुल्लाको शपथप्रति असन्तुष्टि जनाउँदै त्यसको निन्दा गरेको छ ।