१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका स्याङ्जा
२०७६ फाल्गुण २७ मंगलबार २१:३१:००
Read Time : < 1 मिनेट
समाचार

बोक्सीको आरोप लगाएर कुटपिट गर्ने पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका स्याङ्जा
२०७६ फाल्गुण २७ मंगलबार २१:३१:००

वालिङ नयाँबजारबाट बोक्सीको आरोप लगाएर कुटपिट गर्ने एक महिला पक्राउ परेकी छन् ।

जिल्लाको चापाकोट नगरपालिका–१० घर भई हाल वालिङ नगरपालिका–८, कटहरबोट नयाँबजार बस्ने ४३ वर्षीय सोममाया रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डिएसपी नविकृष्ण भण्डारीले जानकारी दिए ।

डिएसपी भण्डारीका अनुसार आरोपित रानाले ५५ वर्षीय महिलालाई बोक्सीको आरोप लगाएर गालीगलौज गर्दै अगरबत्तीको आगो मुखमा कोच्नुका साथै कुटपिटसमेत गरेको वडा प्रहरी कार्यालय वालिङमा उजुरी परेको थियो ।

उजुरीका आधारमा पक्राउ परेकी रानालाई स्याङ्जा जिल्ला अदालतमा प्रस्तुत गरी बोक्सीको आरोप सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।