Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण २७ मंगलबार १९:४७:००
Read Time : < 1 मिनेट
समाचार

नारायणहिटी संग्रहालयको गुरुयोजना बनाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण २७ मंगलबार १९:४७:००

नारायणहिटी दरबार संग्रहालय, केशर महल र गणतन्त्र स्मारक समेटेर गुरुयोजना तयार गरिने भएको छ । मंगलबार गणतन्त्र स्मारकमा भएको उच्चस्तरीय छलफलमा गुरुयोजना निर्माणलाई अघि बढाउने सहमति भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसहितको उपस्थितिमा यी क्षेत्रको अवस्था र गुरुयोजनाबारे छलफल भएको हो । छलफलअघि उनीहरूले नारायणहिटी संग्रहालय परिसर र गणतन्त्र स्मारक क्षेत्रको अवलोकन गरेका थिए ।

छलफलमा राष्ट्रिय पुननिर्माण प्राधिकरणका सचिव शिवहरि शर्मा, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, सोही मन्त्रालयका संस्कृति महाशाखा प्रमुख सहसचिव सुरेश आचार्य, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम, दरबार संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालको पनि सहभागिता रहेको थियो । राष्ट्रिय पुननिर्माण प्राधिकरणको नेतृत्वमा गुरुयोजना बनाउन लागिएको हो ।

हाल केशर महलको प्रवलीकरण भइरहेको छ । त्यसैगरी नारायणहिटी संग्रहालयभित्रमा भूकम्पबाट क्षतिग्रस्त केही संरचनाको समेत पुननिर्माण भइरहेको छ ।