१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण २६ सोमबार १६:२२:००
Read Time : < 1 मिनेट
समाचार

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सन्तोषजनक सुधार, नियमित व्यायाम गराइँदै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण २६ सोमबार १६:२२:००

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सन्तोषजनक सुधार आएको छ। 

त्रिवि शिक्षण अस्पतालमा २१ फागुनमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीलाई आज (सोमबार) देखि नियमित व्यायाम गराउन सुरू गरिएको छ ।

प्रधानमन्त्रीको स्वास्थ्यावस्था बारे जानकारी दिन सोमबार एक बुलेटिन जारी गर्दै अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाले यस्तो जानकारी दिएका हुन् ।

प्रधानमन्त्रीलाई मिर्गौला दान दिने भान्जी समीक्षा सङ्ग्रौलाको पनि स्वास्थ्यमा क्रमिक सुधार आइरहेको कार्यकारी निर्देशक खड्गाले बताए। ‘प्रधानमन्त्रीज्यूले नियमित खानपान र व्यायाम गर्न थाल्नु भएको छ,’ खड्गाले भने, ‘मिर्गौला दाताको पनि स्वास्थ्य राम्रो  छ ।’