१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण २६ सोमबार ०७:३६:००
Read Time : < 1 मिनेट
अर्थ

ग्लोबल आइएमई बैंककोे नारी शक्ति बचत खाता

न्यूनतम १ हजार मौज्दातमा खोल्न सकिने खातामा विभिन्न सुविधा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण २६ सोमबार ०७:३६:००

ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आइतबारदेखि नारी शक्ति बचत खाता सञ्चालनमा ल्याएको छ । न्यूनतम मौज्दात १ हजार रुपैयाँमा खोल्न सकिने बचत खातामा आकर्षक ब्याजदर प्रदान गरिने बैंकले जनाएको छ । 

खातामा निःशुल्क एबिबिएस, लकर सेवामा ५० प्रतिशत छुट तथा पहिलो वर्षका लागि निःशुल्क डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ सेवा प्रदान गरिने बैंकको विज्ञप्तिमा उल्लेख छ । साथै, खाता योजनमा आस्बा, डिम्याट तथा मेरो सेयरलगायत अन्य सेवासमेत उपलब्ध छन् ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बैंकले २७० शाखा, २४९ शाखारहित बैंकिङ सेवा, ३४ एक्सटेन्सन काउन्टर, २५७ एटिएम तथा र नेपालबाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय (अष्ट्रेलिया, बेलायत र भारत) मार्फत  बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । 

त्यस्तै, बैंकले अष्ट्रेलिया  युके, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डनलगायत देशबाट रेमिट्यान्स आप्रवाहमार्फत देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको जनाएको छ ।