Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण २६ सोमबार ०७:२४:००
Read Time : < 1 मिनेट
समाचार

ट्राफिक कारबाहीमा परेका कागजपत्र लिन थप तीन शाखा विस्तार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण २६ सोमबार ०७:२४:००

ट्राफिक कारबाहीका क्रममा जफत गरिएका कागजात फिर्ता लिन सक्ने गरी महानगरीय ट्राफिक प्रहरी महाशाखाले थप तीन स्थान विस्तार गरेको छ । भक्तपुर जिल्लाभित्र कारबाहीको लागि खिचिएका कागजपत्रहरू भक्तपुर चुनदेवीस्थित ट्राफिक प्रहरी कार्यालयबाट, नयाँ बसपार्क क्षेत्रमा कारबाहीका लागि खिचिएका कागपत्रहरू सोही स्थानको ट्राफिक प्रहरी कार्यालयबाट र गौशाला तथा एयरपोर्ट क्षेत्रमा कारबाहीका लागि खिचिएका कागजपत्रहरू ट्राफिक प्रहरी कार्यालय गौशालाबाट फिर्ता लिन सकिने माहाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताएका हुन् । 

महाशाखाले यसअघि यो सेवा महाराजगन्ज, थापाथली, कालिमाटी, कलंकी, सातदोबाटो, दरबारमार्ग, बौद्ध र कोटेश्वरबाट दिँदै आएको थियो । मापसे र लेन कारबाहीमा परेकाहरूको कागजपत्र भने महाशाखाबाटै सचेतना कक्षा लिएपछि लिन पाउने महाशाखाका प्रवक्ता जीवनकुमार श्रेष्ठले बताए ।

काठमाडौं, ललितपुर र भक्तपुरमा दैनिक करिब तीन हजार चालक ट्राफिक नियम उल्लंघनसम्बन्धी कारबाहीमा पर्दै आएका छन् । यस्तै, ट्राफिक प्रहरीले नियम उल्लंघन गरेबापत कसुर कारबाहीका लागि लिएका कागजपत्रहरूको अभिलेख व्यवस्थापनलाई अनलाइन प्रणालीमा लगेको छ । अनलाइन प्रणालीसँगै सेवाग्राहीको सहजताका लागि महाशाखाले भक्तपुर, गौशाला र नयाँ बसपार्कस्थित ट्राफिक प्रहरी प्रभागमा सेवा विस्तार गरेको छ ।