१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७६ फाल्गुण २५ आइतबार १७:०५:००
Read Time : < 1 मिनेट
खेलकुद

भारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो टि-२० महिला विश्वकप क्रिकेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ फाल्गुण २५ आइतबार १७:०५:००

भारतलाई ८५ रनले हराउँदै अष्ट्रेलिया महिला टि–२० विश्वकप क्रिकेटको विजेता बनेको छ । मेल्बर्नमा आयोजित खेलमा पहिला ब्याटिङ गर्दै आयोजक अष्ट्रेलियाले भारतलाई १८५ रनको लक्ष्य दिएको थियो । 

अष्ट्रेलियाको तर्फबाट एलिसा हेलीले ७५ र बेथ मुनीले ७८ रन बनाएका थिए । 

भारतकी १६ वर्षीया खेलाडी सेफाली वर्मा पहिलो ओभरमा दुई रन बनाएर आउट भइन् भने जोमीमा रोड्रिग्सले कुनै रन बनाउन सकिनन् । 

स्मृति मन्धानाले ११ रन बनाइन् । यो अष्ट्रेलियाको पाँचौ टि–२० विश्वकप उपाधि हो । 

अष्ट्रेलियाको मेलबर्न क्रिकेट ग्राउन्डमा खेल हेर्न ८६ हजारभन्दा बढी दर्शक उपस्थित भएका थिए । अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेअनुसार अष्ट्रेलियामा सम्पन्न महिला खेलकुदमा यति ठूलो संख्यामा दर्शक भएको यो पहिलो पटक हो ।