१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण २५ आइतबार १६:२९:००
Read Time : < 1 मिनेट
समाचार

प्रधानमन्त्री ओलीको स्वास्थ्य निरन्तर सुधारोन्मुख 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण २५ आइतबार १६:२९:००

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा निरन्तर सुधार भइरहेको त्रिवि शिक्षण अस्पतालले आइतबार जनाएको छ ।

त्रिवि शिक्षण अस्पतालमा २१ फागुनमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीले आजदेखि सन्तुलित खाना खान थालेका छन् । 

त्रिवि अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीको स्वास्थ्य सुधार भएको उल्लेख गर्दै मिर्गौला दान गर्ने समीक्षा सङ्ग्रौलाको स्वास्थ्य पनि सामान्य रहेको बताए । 

‘प्रधानमन्त्रीज्यूको शरीरका सबै सुचाङ्क र मेडिकल रिपोर्टहरू समारात्मक छन् । उहाँलाई नियमित सन्तुलित आहारा दिन र हिँड्डुल गराउन सुरू गरिएको छ,’ खड्गाले भने,  ‘मिर्गौला दाताको पनि स्वास्थ्यावस्थामा सुधार आइरहेको छ । उहाँका पनि सबै सुचक र रिपोर्टहरू सकारात्मक छन् ।’