मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ माघ ६ आइतबार १८:००:००
Read Time : < 1 मिनेट
समाचार

घनश्याम भुषालको प्रश्न: यो दुई तिहाई कसको हो?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ ६ आइतबार १८:००:००

नेपाल कम्युनिष्ट पार्टीका नेता घनश्याम भुषालले अहिलेकै नेकपाले समाजवाद ल्याउन नसक्ने दाबी गरेका छन्। पार्टी दलाल पूँजीवादलाई नियन्त्रण गर्ने गरी अघि नबढेको भन्दै उनले नेकपा समाजवाद स्थापनाको दिशामा अघि नबढेको तर्क गरे ।

वैकल्पिक अध्ययन केन्द्रले नयाँ पत्रिकासँगको सहकार्यमा आयोजना गरेको 'समकालीन नेपालमा समाजवाद' विषयको अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, 'यही नेकपाले समाजवाद ल्याउँदैन । त्यसका लागि समाजवादी पार्टी निर्माण गर्नु आवश्यक छ । अब यसतर्फ छलफल गर्नुपर्छ ।'

आफ्नै पार्टी र पार्टी नेतृत्वको सरकारको आलोचना गर्दै उनले प्रश्न गरे, 'यो दुई तिहाइ कसको हो ? के यो समाजवादको दुई तिहाइ हो ? कि दलाल पूँजीवादको दुई तिहाई हो ? यसो हेर्योत भने यो थाहा भइहाल्छ ।' उनले समाजवाद स्थापनाका लागि कृषि उत्पादनलाई बढाउँदै त्यसको औद्योगिकिकरण गर्ने कार्यक्रम अघि सार्नु पर्ने बताए ।

उनले समाजवाद स्थापनाका लागि कृषि उत्पादनलाई बढाउँदै त्यसको औद्योगिकिकरण गर्ने कार्यक्रम अघि सार्नु पर्ने बताए । नेकपाकै अर्का नेता राम कार्कीले समाजवाद स्थापनाका लागि नेपाली कम्युनिष्टहरुले आर्थिक र सामाजिक पक्षबारे बहस गरेपनि राजनीतिक पक्षबारे कम बहस गरेको टिप्पणी गरे । 'पहिले सर्वहारा अधिनायकत्व भन्ने गरिन्थ्यो,' उनले भने, 'अब हामी त्यो भन्न चाहन्नौं । अब त्यसको ठाउँमा के भन्ने त ?' कार्यक्रममा चीनका लागि पूर्वराजदुत टंक कार्कीले कार्यपत्र प्रस्तुत गरेका थिए । यस्तै, त्रिभूवन विश्वविद्यालय मानवशास्त्र विभागका प्रमुख डम्बर चेम्जोङ, अर्थशास्त्री सुरेन्द्र लाभ र कमला हिमचुलीले कार्कीको कार्यपत्रमाथि टिप्पणी गरेका थिए ।