मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ माघ ६ आइतबार १८:१३:००
Read Time : < 1 मिनेट
समाचार

डा.केसी भन्छन्: कालो धन सेतो बनाउन सहमतिविपरित विधेयक ल्याए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ ६ आइतबार १८:१३:००

अनसनरत डा. गोविन्द केसीले शीर्षस्थ नेताले लुटेको कालो धनलाई मेडिकल माफियासँग मिलेर सेतो बनाउन सहमति विपरित चिकित्सा शिक्षा विधेयक ल्याएको र तीन करोड जनतालाई धोका दिएको आरोप लगाएका छन् । 

साम्यवादी पार्टीले शिक्षा र स्वास्थ्य निःशुल्क हुन्छ भनेर जनतालाई आश्वासन दिएर चुनाव जिते पनि अहिले जनतालाई झुक्याउने काम गरेको पनि उनले बताए । सरकारले सम्झौता कार्यान्वयन नगर्दा आफूमाथि  धोका नभएको बताएका डा. केसीले जनतामाथिको धोका भएको बताए । उनले सम्झौता पालना नगर्नु प्रधानमन्त्री केपी ओलीको बेइमानी भएको बताए । उनले महंगो, सहर केन्द्रीत र कमसल खालको चिकित्सा सेवा लिन जनतालाई वाध्य पारिएको पनि आरोप लगाए । 

आइसियुबाट जनरल वार्डमा सार्ने क्रममा उनले द्वन्द्वकालमा भएका मानवता विरोधी जघन्य प्रकृतिको अपराधीलाई सजाय हुनुपर्ने अडान कायमै रहेको बताए ।