मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ माघ ६ आइतबार १७:३१:००
Read Time : < 1 मिनेट
समाचार

सबै प्रदेशमा अपाङ्गमैत्री विद्यालय स्थापना गर्न सरकारकाे तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ ६ आइतबार १७:३१:००

सरकारले सबै प्रदेशमा अपाङ्गमैत्री विद्यालय स्थापना गर्ने तयारी गरेको छ । संघीय संसद, प्रतिनिधि सभा, महिला तथा सामाजिक समितिको आइतबार बसेको बैठकमा महिला बालिबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सह सचिव वीर बहादुर राईले सातै प्रदेशमा विद्यालय स्थापना गर्न जग्गा खोज्ने काम भएकाे जानकारी दिए । 

अपाङ्गता सम्बन्धि विद्यमान अवस्थाका बारेमा संसदीय समितिलाई जानकारी गराउँदै राईले सरकारको आफ्नै पुर्नस्थापना केन्द्र नहुँदा समस्या देखिए पनि विस्तारै केन्द्र स्थापना गर्न पहल भइरहेको बताए । ब्रेललिपीलाई सातै प्रदेशमा प्रभावकारी रुपमा संचालनमा ल्याउने विषयलाई सरकारले प्राथमिकतामा राखेको उनले जानकारी दिए ।

राष्ट्रिय अपाङ्ग महासंघका पदाधिकारीहरुले निर्वाचन ऐन लगायतमा सरकारले अपाङ्गता भएकाका लागि विशेष व्यवस्था नगरेको गुनासो गर्दै आएका थिए । उनीहरुले अपाङ्गका लागि सरकारी पुर्नस्थापना केन्द्र निर्माणमा ढिलाई भएकाे भन्दै गम्भीर बन्न आग्रह गरेका थिए ।