१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस
२०७५ माघ ६ आइतबार १७:१८:००
Read Time : < 1 मिनेट
समाचार

विश्वकै जेष्ठ नागरिकको निधन

Read Time : < 1 मिनेट
रासस
२०७५ माघ ६ आइतबार १७:१८:००

विश्वकै सबैभन्दा धेरै उमेर भएका जापानका नागरिक मसाजो नोनाकाको आइतबार निधन भएको छ । एक सय १३ वर्षको उमेरमा उनकाे निधन भएको अधिकारीले जानकारी दिएका छन् । 

राइट दाजुभाइले पहिलो पटक जहाज उडान गराएको दुई वर्षपछि सन् १९०५ मा उनकाे जन्म भएको थियो । गिनिज वर्ड रेकर्डका अनुसार गत वर्ष स्पेनका नागरिक फ्रान्सीस्को नुनेज ओलिभेराको निधन भएपछि उनी संसारकै सबैभन्दा जेठो व्यक्ति भएका थिए । 

“यस्ता अग्रज व्यक्तिको निधनले हामी निकै दुःखी भएका छौँ,” उनकी नातिनी युकोले भने । नोनाकाको छ जना दाजुभाइ र एक जना बहिनी रहेका थिए । उनले १९३१ मा विवाह गरेका थिए भने पाँच जना सन्तान थिए ।