मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण २३ शुक्रबार १४:५४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

सरकारलाई कांग्रेसको प्रश्न – विद्यालय बन्दले मात्र कोरोनाको संक्रमण रोक्न सकिने हो ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण २३ शुक्रबार १४:५४:००

प्रमुख प्रतिपक्षी कांग्रेसले कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले प्रभावकारी कदम चाल्न नसकेको भन्दै आपत्ति जनाएको छ । 

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार ट्विट गर्दै कोरोना भाइरसको संक्रमण रोक्न सरकारले चालेका कदम अपर्याप्त भएको भन्दै असन्तुष्टि जनाएका हुन् । 
भारतसँग सीमा जोडिएका तराईका नाकाहरूमा सरकारले ‘हेल्थ डेस्क’ स्थापना गर्नु पर्ने बताएको छ । 

‘कोरोनाको खतरा बढ्दा विद्यालय बन्द गर्नुपर्छ नै, तर खतरा भित्रिन सक्ने तराईका नाका पूरै खुला राखेर विद्यालय बन्दले मात्र कोरोनाको संक्रमण रोक्न सकिने हो र ?’ प्रवक्ता शर्माले भनेका छन् ‘सीमा नाकामा स्वास्थ परिक्षण बेगर निर्बाध प्रवेश किन जारी छ ? कोरोना रोक्ने ‘रियाक्सन’ ले कि ‘एक्सन’ ले ?’ 

विश्व स्वास्थ संगठनले नेपाललाई पनि कोरोना भाइरस संक्रमणको उच्च जोखिममा राखेपछि कांग्रेसले २१ फागनुबाट पार्टीका सवै कार्यक्रम स्थगित गरेको छ ।

कांग्रेसले कोरोना संक्रमण सचेतनाका लागि ‘सहरदेखि गाउँसम्म र गाउँको टोल हुँदै घरघरसम्म’ अभियान पनि सञ्चालन गरिरहेको जनाएको छ ।