अमेरिकाको टेनेसीमा आएको टोर्नाडोपीडितलाई विश्व चर्चित अमेरिकी गायिका टेलर स्विफ्टले ११ करोडभन्दा बढी रुपैयाँ (१० लाख अमेरिकी डलर) राहत प्रदान गरेकी छन् ।
राहत प्रदान गर्नुभन्दा २ दिनअघि उनले ट्वीटरमार्फत साहस र धैर्यताको कामना गरेकी थिइन् । टेलरको घरपनि टेनेसीको नासभेली सहरमा पर्छ ।
टोर्नाडोका कारण त्यहाँ कयौं बस्तीहरु सखाप भएका छन् । बिहीबार इन्स्टाग्राममा पोष्ट गर्दै स्विफ्टले आफ्ना फ्यान, फ्लोअरहरुलाई सहयोगका लागि आग्रह गरेकी छन् ।
उनले अन्य देशका ठूला–ठूला कलाकारहरुलाई समेत सहयोगको आग्रह गरेकी छन् । मंगलबार टेनेसीमा आएको टोर्नाडोका कारण २५ भन्दा बढी ज्यान गएको छ । दजनौं परिवार घरबारविहीन भएका छन् ।