१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
रासस
२०७५ माघ ६ आइतबार १६:३९:००
Read Time : < 1 मिनेट
समाचार

१६ जिल्लामा निःशुल्क डायलाइसिस सेवा विस्तार गरिने

Read Time : < 1 मिनेट
रासस
२०७५ माघ ६ आइतबार १६:३९:००

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मिर्गौला रोगको निःशुल्क उपचार सेवा डायलाइसिस विभिन्न १६ जिल्लामा विस्तार गर्ने भएको छ । डेडलधुरा, डोटी, जुम्ला, प्युठान, अर्घाखाँची, पाल्पा, स्याजा, इलाम, पाँचथर, दोलखा, रामेछाप, सिराहा, सर्लाही, महोत्तरी, रौतहट, कञ्चनपुरमा मिर्गौलाको निःशुल्क उपचार सेवा विस्तार गरिन लागिएकाे हाे ।

मन्त्रालयले मिर्गौला रोगका बिरामीलाई उपचारका लागि चार हजार रूपैयाँ, प्रत्यारोपणका लागि चार लाख रूपैयाँ, प्रत्यारोपण पश्चात औषधि सेवानका लागि एक लाख रूपैयाँ दिँदै अाएकाे छ ।  हाल सातवटै प्रदेशमा चार हजार ५०० बिरामीले मिर्गौला उपचार सेवा लिइराखेका छन् । 

प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले सो जानकारी दिँदै मिर्गौला रोगको उपचार सेवाका लागि आर्थिक अभाव रहेको जानकारी गराए ।